भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई प्रर्याप्त सेवा दिन सकेको छैन ।

आइसीयु सेवा (सघन उपचार कक्ष) भनेको अस्पतालको विशेष कक्ष हो । जहाँ गम्भीर बिरामी, अचानक भएको दुर्घटनाका घाइते र जीवन खतारामा परेका मानिसलाई राखेर गरिने उपचार सेवा हो ।

सीमित बेड क्षमताका कारण उपचारमा आउने बिरामीलाई गुणस्तरीय सेवा दिन कठिनाइ पनि भएको अस्पतालका मेडिकल सुपरिटेण्ड डा नवीन दर्नालले जानकारी दिए । अस्तालको १३६औँ वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले अस्पतालको स्तरवृद्धि तथा जनशक्ति व्यवस्थापनका लागि सबै पक्षको साझा दायित्व भएको बताए । प्रतिनिधिसभा सदस्य केपी खनालले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ गराउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले भेरी अस्पतालको स्तरवृद्धिका लागि प्रदेश सरकारले गर्न सक्ने सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले भेरी अस्पताल यस क्षेत्रका नागरिकको उपचारको भरोसाको केन्द्र भएको जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य सुरेश चौधरी, सुस्मा स्वर्णकार, लुम्बिनी प्रदेशसभा सदस्य वादशाह कुर्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री सीएम उपाध्याय, नेपाली कांग्रेस बांकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरुङ, सङ्घीय स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव डा श्यामसुन्दर यादव, सञ्जीवनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रोमन किदवाई, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा.निरज भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा अस्पतालको स्मारिका विमोचन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *