काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ । उट्रेच्टस्थित स्पोर्ट्पार्क मार्स्चलकेर्वेर्डमा हुने खेल दिउँसो २ :४५ बजे शुरु हुनेछ ।
पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल आज नेदरल्यान्ड्सलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । नामिवियाको लेफ्टी बलर सामु नेपालको ब्याटिङ निरह बन्दा ८ विकेटले पराजित भएको थियो । उपाधि होड बाट बाहिरिसकेको नेपाल शीर्ष चारमा रहेर लिगको अन्त्य गर्ने लक्ष्यमा रहेको छ । शीर्ष चारमा पर्न नेपाललिई बाँकी ७ खेलबाट ६ खेल जित्नुपर्नेछ ।
हाल नेपाल २९ खेलबाट २४ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा रहको छ । छैटौं र सातौँ स्थानमा रहेका नामिबिया र क्यानडाको पनि समान २४/२४ अंक रहेको छ । त्यसैले नेपाललाई जित निकाल्दै अंकदुरी बढाउन आवश्यक रहेको छ ।
यता नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंकजोड्दै तेस्रो स्थानमा रहेको छ । उपाधिको दौडमा रहेको नेदरल्यान्ड्स जित निकाल्दै उपाधि जित्ने सम्भावना जीवित राख्न चाहन्छ ।
गतवर्ष नेपाल र नेदरल्यान्ड्सबीच भएको दुवै खेल नेपालले जितेको थियो । त्यसैले नेदरल्यान्ड्स आज बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ । दुई टोलीबीच भएको पछिल्लो ७ खेलमा नेपालले चार खेल जित्दा नेदरल्यान्ड्सले तीन खेल जितेको छ ।
