फिफा विश्वकप २०२६ : स्पेन र अर्जेन्टिनाको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत जारी फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । न्युयोर्क न्यु जर्सी स्टेडियममा जारी फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

एक पक्षीय पहिलो हाफमा स्पेनले खेलमा लगातार आक्रमण गरेपनि गोल गर्न सकेन । खेलको पाँचौं मिनेटमा लामिने यामालको प्रहार अर्जेन्टिनाका गोलरक्षक इलिमानो मार्टिनेजले बचाए । ३९ औं मिनेटमा ओयार्जाबालको प्रहार मार्टिनेजले रोके । ४३ औं मिनेटमा डि- बक्सबाहिरबाट कुकुरेलाले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

दोस्रो हाफकेहि बेरमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *