सरकारको कामकारबाहीप्रति रञ्जु दर्शना असन्तुष्ट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापनको नाममा आफ्नै पार्टीको सरकारले गरेको कामप्रति असन्तुष्टि जनाएकी छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले दूध चुसाइरहेकी आमा, सुत्केरी र वृद्धहरूलाई व्यवस्थापनको नाममा राम्रो व्यवहार नभएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘रोग, शोक र भोकमा बग्ने आँसु झुटो हुँदैन। हिजो सुकुम्बासी व्यवस्थापनको विषयमा ‘१०० दिने कार्यसूची’को बुँदा ९१ भन्दा अघि ९२ अघि सारियो । दूध चुसाइरहेकी आमा, सुत्केरी, वृद्ध बा–आमाहरूलाई पनि एकै व्यवहार नगरियोस् भनेर सदनमा पटक–पटक आवाज उठाएँ । सम्बन्धित निकायमा पनि निवेदन गरेँ । यो कामचाहिँ सरकारको तर्फबाट ठीक ढंगले भएन ।’

यस्तो छ रञ्जु दर्शनको भनाई

रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन हिजो सुकुम्बासी व्यवस्थापनको विषयमा ‘१०० दिने कार्यसूचीको’बुँदा ९१ भन्दा अघि ९२ अघि सारियो। दुध चुसाइरहेकी आमा, सुत्केरी, बृद्ध बा आमाहरूलाई पनि एकै व्यवहार नगरियोस् भनेर सदनमा पटक पटक आवाज राखेँ । सम्बन्धित निकाय पनि निवेदन गरेँ । यो काम चाहिँ सरकारकोतर्फ बाट ठिक ढङ्गले भएन ।

आज गणेश नेपालीको आत्मदाह, उनको उपचार खर्च बेहोर्नेसम्म सीमित रहन मिल्दैन । गणेश नेपाली आफैंलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ। एक गणेशले त भौतिक रूपमै आफूलाई जलाए तर दैनिक “मैले सकिन, मरौं कि क्या हो” भन्ने सोच आउने लाखौं युवाको लागि जीवन केही भएपनि सहज हुने नीति सरकार बाट चाहिन्छ ।

‘मैले सकिन’ भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक–आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नुसम्म ठेले पछि यथार्थबाट आएको हुन्छ। मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होइन ! जीवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको ठूलो सुरक्षा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *