काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सुशासनको नारा दिएर आएको सरकारले अनिर्वाचितहरुबाट सिंहदरबारबाट शासन चलाएको भन्दै आपत्ति जनाएकी छन् ।
मंगलबारको राष्ट्रियसभा बैठकमा झाँक्रीले मन्त्रीहरूको पछाडि धेरै व्यक्तिहरूलाई जागिर दिएर शासन चलाइएको भन्दै आपत्ति जनाएकी हुन् । उनले अनिर्वाचितहरूले सिंहरदबारबाट शासन चलाउने तरिका के हो भन्दै प्रश्न गरिन् ।
उनले भनिन्, ‘सुशासनको नारा दिएर आएका मान्छेहरू, सोपानमा आधारित ब्युरोक्रेसी र प्रशासन पनि नचलाउने अनिर्वाचितहरूले सिंहदरबारमा शासन चलाउने तरिका के हो ? ब्युरोक्रेसीमा रहेका धेरै मानिसहरूले धमाधम राजीनामा दिएको भन्ने छ । यो के हो ?’
उनले कुन विधिको स्वीकृति लिएर नियुक्ति गरिएको हो यसबारे सदनलाई जानकारी दिन माग गरिन् । उनले यस्तो निर्णय गर्नका लागि सरकारलाई कुन निर्णय, कुन संविधान र कुन कानुन, कुन अधिकार दिएको छ ? भन्दै प्रश्न गरिन् ।
