सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बिना हेलमेट मोटरसाइकल चलाएको घटनामा ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिवाना गराएको छ ।
मुख्यमन्त्री शाहले बिना हेलमेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको जनाएको छ ।
प्रहरीका अनुसार मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै ५०० रुपैयाँ जरिवाना बुझाएका हुन्। ट्राफिक प्रहरीले कानुन सबैका लागि समान हुने भन्दै ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरेको छ।
