त्रिवि सेवा आयोगका अध्यक्ष थापाले लिए शपथ

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बिहीबार मन्त्रालयमा मन्त्री पोखरेलले अध्यक्ष थापालाई शपथ खुवाएका हुन् । साथै नवनियुक्त अध्यक्ष थापाले नवनियुक्त सदस्य प्रा डा रेजिना मास्केलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

यससँगै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पुर्णता पाएको छ । प्रधानमन्त्री बालेन साहले बुधबार थापालाई आयोगको अध्यक्ष नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *