बर्दियाबाट भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणको काम सुरु

काठमाडौँ । सरकारले बर्दियाबाट भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरणलाई क्रमशः देशभर विस्तार लगिने जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *