‘नेपालमा कम्युनिष्ट सकिए’ भन्ने भाष्य

-ऋषि कट्टेल

नेपालका प्रतिक्रियावादीहरु कम्युनिष्ट शब्दसँगै त्रसित छन् । फागुन २१ पछि नेपालका प्रतिक्रियावादीहरु र तिनीहरुबाट पालित मिडिया हाउस वा कथित विश्लेषकहरु न्वारानको बल लगाएर अब नेपालमा कम्युनिष्ट सकियो । अब कहिल्यै टाउको उठाउन सक्दैन । के के भनेर फलाको हालिरहेका छन् । ए माहामूर्ख कथित विश्लेषकहरु कम्तिमा तिमीहरुमा यति त न्यूनतम ज्ञान हुनुपर्यो कि कम्युनिष्ट आन्दोलन युग परिवर्तनको दर्शन हो । यो कुनै देशमा कम्युनिष्ट नाम गरेकाले चुनाव हार्दैमा वा कुनै देशमा सरकार बदलिँदैमा यो आन्दोलन सकिँदैन । त्यसको आकार, स्वरुप वा रुप पक्षमा फेरबदल आउन सक्दछ । योक्रम जबसम्म पूँजीवाद निर्णायक रुपमा परास्त हुँदैन तबसम्म जारी रहन्छ । त्यो कुरा हामी कम्युनिष्टहरुले राम्ररी बुझेका छौँ ।

जहाँसम्म एमाले, नेपाली कम्युनिष्ट पार्टीले यसपटक चुनाव हारेको कुरा छ उनीहरुले पहिल्यै हारिसकेका थिए । जब उनीहरु संसदवादमा पतन हुन पुगे उनीहरु कम्युनिष्ट आन्दोलनवाट हिजै पलायन भैसकेका थिए । एमाले नेकपाको हार कम्युनिष्ट आन्दोलनको हारको रुपमा प्रचार गरिनु पनि हाँस्यास्पद तर्क हो संसदीय निर्वाचनमा सधैँ एउटै संसदीय पार्टीले चुनाव जितेको यो दुनियाँमा कहीँ कतै छैन । एउटा चुनावको हार जितलाई संसारमै प्रलय भए जस्तो गरि प्रचार गर्नुको कुनै अर्थ छैन ।

हालै हंगेरीमा पपुलिष्ट पार्टी हार्यो । अमेरिकामा डेमोक्रेट हार्यो रिपब्लिक जित्यो । खै त्यहाँका मिडियाहबले अव कहिल्यै डेमोक्रेट आउँदैन भनेका छैनन् । संसदीय निर्वाचनमा संसारभर यस्ता घटना भइरहन्छन् । तर नेपालमा चुनाव सकिएको ६ महिना हुन लागिसक्यो प्रतिक्रियावादीहरु कम्युनिष्ट अब नेपालमा आउँदैनन् भनेर फलाको हालेको हाल्यै छन् । यसले के प्रष्ट गर्दछ भने नेपालका प्रतिक्रियावादीहरु कम्युनिष्ट शब्द सँगै डराएका छन् ।

मदन भण्डारी फाउण्डेशनको एउटा र्काक्रममा ओली, प्रचण्ड, भलनाथ र माधव एउटै मञ्चमा उभिएपछि झनै हाहाकार बढेको छ । संसदीय पार्टीहरु एउटा मञ्चमा भेट भइरहन्छ । के नौलो विषय भयो र ? यत्तिकैमा सुरु भैहाल्यो कम्युनिष्ट पार्टीको चर्चा । यो पनि कम्युनिष्ट शब्दसँग डराएका हरुको क्रन्दन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *