स्पेन समूह विजेता, केप भेर्डेको एतिहासिक नकआउट चरण यात्रा

काठमाडौं । फिफा विश्वकप-२०२६ को समूह ‘एच’बाट स्पेन र केप भेर्डे नकआउट चरणमा पुगेका छन् । शनिबार बिहान भएको खेलमा १० खेलाडीमा समेटिएको उरुग्वेलाई १-० गोलले पराजित गर्दै स्पेन समूह विजेता बनेको हो ।

गुडालाजारा स्टेडियममा भएको खेलमा स्पेनलाई जित दिलाउन एलेक्स बाएनाले एक गोल गरे । पहिलो हाफको ४२ औँ मिनेटमा बाएनाले गरेको गोलनै स्पेनलाई जित दिलाउन पर्याप्त बन्यो । खेलको इन्जुरी समयको पाँचौ मिनेटमा अगुस्टिन कानोबियो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उरुग्वेले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

आजै बिहानै भएको अर्को खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै केप भेर्डे पहिलोपटक नकआउट चरणमा पुगेको छ । पहिलो पटक विश्वकप खेलेको केप भेर्डे हेभीवेट टोली उरुग्वे र साउदी अरेबियालाई पछि पार्दै दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा पुगेको हो ।

जितसँगै स्पेन ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्दा ३ अंक जोडेको केप भेर्डे उपविजेता बन्यो । समान २/२ नाक जोडेका उरुग्वे र साउदी अरेबिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब केप भेर्डेले अन्तिम ३२ मा साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ भने स्पेनले समूह ‘जे’को उपविजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *