काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरू हुँदैछ । महाधिवेशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् ।
रास्वपालाई शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो । कांग्रेस सभापति थापा पनि महाधिवेशनमा सहभागी हुन भरतपुर पुगिसेका छन् ।
