ट्युनिसियाविरुद्ध जापानको सानदार जित

काठमाडौँ । फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियाविरुद्ध सानदार जित निकालेको छ । आइतबार मेक्सिकोको मोन्टेरी रंगशालामा जापानले ट्युनिसियाविरुद्ध ४–० गोलको सानदार जित निकालेको हो ।

जापानका लागि आयसे उएदाले २ तथा दाइची कामना र जुन्या ल्टोले १/१ गोल गरे । जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो ।

ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटे बाहिरिएको छ । ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५–१ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *