एम्बाप्पेको दुई गोलमा फ्रान्स विजयी

काठमाडौँ । फरवार्ड किलियन एम्बाप्पेले दुई गोल गरेपछि फिफा विश्व कप २०२६ मा फ्रान्सले विजयी सुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा फ्रान्सले सिनेगललाई ३-१ गोलले पराजित गरेको हो ।

न्युयोर्क स्टेडियममा भएको खेलमा फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई गोल गर्दा बार्डी बार्कोलाले एक गोल थपे । सिनेगलको लागि इब्राहिम एम्बाएले एक गोल थपे ।

खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा बार्कोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पुर्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *