काठमाडौँ । शेयर बजार नेप्से मंगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से ६.३१ अंकले घटेको हो । आज ३५५ वटा कम्पनीको १ करोड ७ लाख ८ हजार कित्ता शेयर ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँमा किनबेच भएको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३१ करोड मूल्य बराबरको कारोबार भयो । सिद्धार्थ बैंकले १८ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्ग मिल्सको १५ करोड,रावा इनर्जी डेभलपमेन्टको १३ करोड र बुंगल हाइड्रोको १२ करोडको सेयर कारोबार भयो । कारोबारमा आएकामध्ये ८० वटा कम्पनीको मूल्य बढ्दा १७७ वटाको घट्यो ।
