पीडितलाई रकम बुझाएपछि सेफ सन्तोष साह रिहा

काठमाडौं । साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि सेफ सन्तोष साह रिहा भएका छन् । ठगी मुद्दामा पक्राउ परेका उनले पीडित पक्षलाई चेकबमोजिमको रकम बुझाएपछि सोमबार साँझ रिहा गरिएको प्रहरीले जनाएको छ ।

साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखेको थियो । काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले सकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो। सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन् ।

उक्त मुद्दामा अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला गत वर्ष जेठमै गरेको थियो। उनलाई जिल्ला अदालत काठमाडौँले एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको थियो । तर अदालतले दोषी ठहर गरेर कैद र जरिवाना तोक्दा पनि साह भने उपस्थित थिएनन्। पीडितले पुनः ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *