-दीपकप्रसाद बास्तोला
म हालै नेपाल सरकारको छनोट प्रकृयाबाट मेरिटमा नेपाल वायुसेवाको संचालक समितिको सदस्यमा छनोट भएको र अदालतबाट समेत मेरिटमा गर भनेर परमादेश जारी भएको अवस्थामा कुरै नबुझी केही संचारमाध्यमहरुले हचुवाको भरमा पूर्वसैनिक उपरथी डा. दीपकप्रसाद बास्तोला (अ. प्रा.) को नियुक्ति खारेज भनेर वर्तमान सरकार र पूर्वसैनिकको आलोचना गरेको सामाजिक संजालमा देखेँ । वास्तविकता यस्तो छ:
१. हालको अदालतको परमादेशले मेरिटमा भएका मध्यकालाई गर भनेको छ र म पूर्वसैनिक मेरिटमा छु र सरकारबाट मेरिटमा भएको हो र पुनः नियुक्ति अदालत कै आदेशमा नै फेरि मेरिटमा नै हुने आशावादी पनि छु । यसमा सरकार र पूर्वसैनिकको के दोष छ ?
२. मैले एरोनटिकल इन्जिनियरिङ्ग गर्दा उच्च अंक प्राप्त गरेर भारतमा डा. ए पि जे अब्दुल कलाम पुरस्कार प्राप्त गरेर नेपाल र नेपालीको नाम राखेको थिए जुनकुरा यहाँहरुलाई थाहा नहुन सक्छ ।
३. मैले फ्रान्सबाट एरोस्पेसमा स्नातकोत्तर गरेको र तत्कालीन समकक्षीहरु ३५ जना जुन करिब १७ देश भन्दाबढीका रहेकोमा म सर्वोकृष्ट भएर डिप्लोमा डि अनर ( Gold Medal) पाएको थिएँ र नेपाल, नेपाली र नेपाली सेनाको इज्जत बढाएको यहाँहरुलाई थाहा नहुन सक्छ । मैले फ्रान्समा एयरबसमा कामगरेर अनुभव सँगालेको यहाँहरुलाई थाहा नहुन सक्छ। उत्कृष्टता देखाइ फ्रान्समा फ्रेन्च एवार्ड पाएको यहाँ हरुलाई थाहा नहुन सक्छ।
४. नेपालमा हवाई क्षेत्रमा अनुसन्धान गरेर विधावारीधी (PhD) काठमाडौं विश्वविद्यालयमा गरेको यहाँहरुलाई थाहा नहुन सक्छ।
५. नेपाली हवाई क्षेत्रमा करिब ३६ वर्ष लामो अनुभव सँगालेको र त्यो अनुभव र ज्ञान अहिले निस्वार्थ समस्याग्रस्त नेपाल वायुसेवाको हितमा लगाउने मेरो इच्छा यहाँहरुलाई थाहा नहुन सक्छ र सरकारले योग्यता भएकाको खोजी गरेकोमा म परेको यहाँहरुलाई थाहा नहुन सक्छ।
अतः कुरै नबुझी सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यू र पूर्वसैनिक भनेर मेरो जीवनको लामो संघर्ष, मेहनतबाट आर्जेको ज्ञान, अनुभव र नेपाली सेना जुन संस्था नेपाल र नेपालीको आस्थाको केन्द्रबिन्दु हो त्यस संस्था माथिको हल्का टिका टिप्पणी गर्न उचित हुदैन कि ?
म मेरिटमा थिएँ, छु र भविष्यमा हुने सबै परीक्षामा मेरिटमा पर्नसक्ने दक्षता भएको एक पूर्वसैनिक हो र मेरो दक्षताले हाल म अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था ( ICAO) को हवाई सुरक्षा विज्ञ पनि हो । जस अनुसार संसारका १९३ देशको म हवाई विज्ञ हो । मेरो निस्वार्थ योगदानबाट खराब अवस्थामा गुज्रेको नेपाल वायुसेवामा सुधार हुन्छ भने यस्ता हल्ला, तथ्यहीन समाचारहरुबाट म विचलित नभई म निरन्तर देश सेवा खासगरी हवाई क्षेत्रको सुधारमा लागि रहने छु। कामको आधारमा यहाँहरुले पछि मूल्याङ्कन र सुझाव दिनुहुने छ भन्ने आशा राख्दछु । हल्लाको पछि नलागी तथ्यमा मूल्याङ्कन गर्न उचित हुन्छ भन्ने मलाई लाग्दछ। हजुरहरुको पनि मेरो जस्तै सोच हुन्छ भन्ने म ठान्दछु।
