एनपीएलको तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्सद्वारा सात खेलाडी रिटेन

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को लागि पोखरा एभेन्जर्सले सात खेलाडीलाई रिटेन गरेको छ । आइतबार पोखराले सामाजिक सञ्जालमार्फत रिटेन लिस्ट सार्वजनिक गरेको हो ।

पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरण ठगुन्नालाई रिटेन गरेको हो । यस्तै पोखराले कृष्ण पौडेल. त्रितराज दास, अभिषेक तिवारी, सन्दीप खत्री र रोहित चन्दलाई रिलिज गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *