काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीनको चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको विशेष निमन्त्रणामा मन्त्री खनाल चार दिवसीय भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
साथै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मुख्य अतिथिका रूपमा सहभागी हुँदै उनले चिनियाँ व्यवसायी समुदायसँग विशेष अन्तरक्रिया गर्नेछन् ।
निर्धारित कार्यक्रम सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल असार ३ गते स्वदेश फर्कने तालिका रहेको छ ।
