झापामा युवतीलाई पोलमा बाँधेर कालो मोसो दल्ने चार पक्राउ

झापा । झापाको बिर्तामोडमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ बिर्तामोड नगरपालिका–२ चारपानेस्थित राजगढ जाने बाटोमा २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसिइवीका कारण बिजुलीको पोलमा हात बाँधी कालो मोसो दलिएको थियो ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १८ वर्षीय समिर मर्डी र १९ वर्षीया पूजा बस्नेत रहेका छन्।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट कालो मोबिलको बट्टा र विभिन्न १६ थान पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पीडित सबिना राजवंशीको बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *