विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँसहित दुई बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा सहित दुई बंगलादेशी नागरिक पक्राउ परेका छन्।

विमानस्थल प्रहरीले बिहीबार काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका बंगलादेशी नागरिक मोहम्मद इन्ताज अली र एमडी जाकिर होसाइनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार द्यबतष्प ब्ष्च को उडान नम्बर इम्१८३ मार्फत यात्रा गर्न लागेका उनीहरूको ह्यान्ड ब्यागेज तथा शरीर खानतलासी गर्दा सुटकेसभित्र ‘फल्स बटम’ बनाएर लुकाइएको नगद फेला परेको थियो।

बरामद गरिएको रकममा २२ लाख ५९ हजार रुपैयाँ नेपाली मुद्रा, एक हजार अमेरिकी डलर र २० हजार मलेसियन रिङ्गिट रहेको छ। उक्त रकमको नेपाली मूल्य करिब ३१ लाख ५१ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद मुद्रा र दुवै व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको छ।

अध्यागमन अभिलेखअनुसार पक्राउ परेका मोहम्मद इन्ताज अली ३८ पटक र एमडी जाकिर होसाइन ११ पटक नेपाल आवतजावत गरिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *