मैत्रीपूर्ण खेलमा पोर्चुगल र इंग्ल्याण्ड विजयी

एजेन्सी । फिफा विश्वकप-२०२६ को तयारीको रुपमा भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल र इंग्ल्याण्ड विजयी भएका छन् । बुधबार राति भएको खेलमा पोर्चुगलले नाइजेरियालाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेकाओले समान एक/एक गोल गरे । नाइजेरियाको लागि एकोर एडम्सले सान्तवाना गोल गरे । खेलको २३ औँ मिनेटमा नेटोले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।

३७ औँ मिनेटमा एडम्सले गोल गर्दै नाइजेरियालाई १-१ गोलको बराबरीमा ल्याए । ७५ औँ मिनेटमा कोन्सेकाओले गोल गर्दै पोर्चुगललाई २-१ गोलको जित दिलाएका हुन् ।

समूह ‘के’ मा रहेको पोर्चुगलले १७ जुनमा डीआर कङ्गोसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई ३-० गोलले पराजित गरेको हो । फ्लोरिडामा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन डेक्लान राइस, एन्थोनी गोर्डन र ओली वाट्किंग्सले समान एक/एक गोल गरे ।

समूह ‘एल’मा रहेको इंग्ल्याण्डले १८ जुनमा क्रोएसियासँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *