काठमाडौं । सिजन मिडियाद्वारा आयोजित ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य भएकी छन् । ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गरिन् । २२ जना प्रतियोगी सहभागी कार्यक्रममा डा अश्विना केसी फस्ट रनरअप भइन् भने इन्टेलिजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन् । प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भइन् भने उनी बेस्ट स्किन र बेस्ट वाकको पनि उपाधि जित्न सफल भएकी छन् ।
विजेता शाक्यले रेफ्रिजेरेटर, लेटमीइनका तर्फबाट ३० हजार बराबरको गिफ्ट भौचर र सिङ्गापुर मलेसियाको भ्रमणका लागि हवाई टिकट उपहारस्वरुप प्राप्त गरिन् । फस्ट रनर अपलाई ४० इन्चको टिभी, सेकेन्ड रनर अपलाई भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनका तर्फबाट २० हजारको गिफ्ट भौचर प्राप्त गरिन् । थर्ड रनरअप शर्मिला घिसिङ र चौथो रनरअप सपना थापा भइन् भने अर्गनाइजर च्वाइसको उपाधि अम्बिका थापाले जित्न सफल भइन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस्ता प्रतियोगिताले महिलाको सौन्दर्यका साथै आत्मविश्वास दिलाउने विश्वास व्यक्त गरिन् ।
प्रतियोगितामा सृजना थापाले डिसिप्लेन, सजिता रेग्मी कन्फिडेन्ट, लक्ष्मी राणा लोयल, सुनिता केसी पपुलर, अञ्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फ्रेन्डली उपाधि जितिन् । त्यस्तै, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्बल, लक्ष्मी अर्यालले मिसेज बब्ली, सृजना अधिकारी ब्युटिफुल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटिक, चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी महर्जन कोटियोर्स, पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डओर्किङ र सुन्नीमा लम्साल मिसेज ब्रेभ एन्ड बोल्ड अवार्ड प्राप्त गरिन् ।
कार्यक्रममा निर्णायक मण्डलमा ब्युटी प्याजेन्ट एसोसिएशन नेपालका अध्यक्ष गोपाललाल कक्षपति, वरिष्ठ सौन्दर्यविद् सीता न्यौपाने पाठक, आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कूलकी डाइरेक्टर प्रिन्सिपल अञ्जु भट्टराई, सञ्चारकर्मी अनिता विन्दु, प्रदेश नं १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज ब्युटी क्विन २०१८ की विजेता सुदीक्षा आचार्य रहेको मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।


