राप्रपामा भाँडभैलो, १८३ जना नेताले छाडे पार्टी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा भाँडभैलो भएको छ । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

बिहीबार संयुक्त वक्तव्य जारी गरी महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवम् कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिएपनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ ।

केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ । विचलन, विरोधाभाष एवं भनाइ र गराइ बीचको अनमेलले जनताबाट दण्डित भएको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *