काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका टी-२० आईतर्फका कप्तान दीपेन्द्र सिंह एरीसँगै कुशल भुर्तेल र सन्दीप लामिछाने श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा बिक्री भएका छन् ।
दीपेन्द्र र सन्दीपलाई जाफ्ना किङ्सले र भुर्तेललाई कोलम्बो क्याप्सले खरिद गरेका हुन् ।
सन्दीप लामिछाने गोल्ड क्याटेगोरीमा सर्टलिस्ट भएका थिए भने दीपेन्द्र र कुशल एसोसिएट्स क्याप विधाबाट छनोट गरिएका हुन् । यो विधामा बेस प्राइस १५ हजार अमेरिकी डलर रहेको छ ।
गोल्ड क्याटेगोरीको सर्टलिस्टमा परेका सन्दीप २० हजार डलर (करिब ३० लाख रुपैया) मा बिक्री भएका हुन्।
