काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । शुक्रबार दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।
आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न बैठक बस्न लागेको हो । आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
