काठमाडौं । लियोनल मेसीको कप्तानीमा सन् २०२६ को फिफा विश्वकप खेल्ने अर्जेन्टिनी टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप खेल्ने २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
सन् २०२२मा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको थियो ।
मेस्सीले लगातार छैटौँपटक विश्वकप खेल्न लागेका हुन् । अर्जेन्टिनाले जुन १६ मा अल्जेरियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ। टोलीले जुन २२ मा अस्ट्रिया र जुन २७ मा जोर्डनको सामना गर्नेछ ।
अर्जेन्टिनी टोली
गोलकिपर : इमिलियानो मार्टिनेज, जेरोनिमो रुली, जुवान मुसो
डिफेन्डर : निकोलस ओटामेन्डी, गोन्जालो मान्टिएल, क्रिस्टियन रोमेरो, नाहुल मोलिना, लिसान्ड्रो मार्टिनेज, लियान्द्रो बालेर्डी, फकुन्डो मेडिना, निकोलस टागलिफिको
मिडफिल्डर : रोड्रिगो डी पाउल, लियान्द्रो पारेडेस, एन्जो फर्नान्डेज, एक्सक्वेल पालासिओ, एलेक्स म्याक एलिस्टर, जियोभानी लो सेल्सो, भ्यालेन्टिन बार्को
फरवार्ड : लियोनल मेसी, जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, निकोलस पाज, थियगो आल्मान्डा, निकोलस गोन्जालेज, जिउलियानो सिमियोन, जोसे म्यानुएल लोपेज
