नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा

काठमाडौं । नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले बिहीबार मलेसियाको बायोमास ओभलमा भएको समूह ‘बी’ को अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध चार विकेटको जित निकालेको हो ।

इन्डोनेसियाले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालकी कप्तान इन्दु बर्माले अविजित ४२ रनको योगदान गरिन् । सोनी पाख्रिनले २९, कविता कुँवरले १४ र सीता रानामगरले अविजित १३ रन जोडे । इन्डोनेसियाका नी एरियानी र नी मेड पुत्री सुवान्देवीले समान दुई विकेट लिए ।

डारा परमिथा र साङ मेप्रियानीले समान एक विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रनको योगफल तयार पार्यो । जितसँगै नेपालले दुई खेलमा चार अंक जोड्यो । दुवै खेलमा पराजित इन्डोनेसिया भने अंकविहीन रहँदै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *