नेपालले अमेरिकालाई दियो ३१८ रनको बलियो लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकालाई ३१८ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको हो । टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो ।

नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो । नेपाल र यूएईले टियु मैदानमा ३१० रन बनाएका थिए । डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले । यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए । रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *