अल नासर साउदी प्रो लिग च्याम्पियन

एजेन्सी । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासरले साउदी प्रो लिगको उपाधि जितेको छ । बिहीबार राति भएको लिगको अन्तिम खेलमा डामाक एफसीलाई ४-१ गोलले हराउँदै अल नासरले ११ औँपटक लिगको उपाधि जितेको हो । अल नासरले २०१८/१९ सिजनपछि पहिलोपटक लिगको उपाधि हो ।

अल अवाल पार्कमा भएको खेलमा अल नासरलाई जित दिलाउन रोनाल्डोले दुई गोल  गर्दा साडियो माने र किंग्सले कोमानले समान एक/एक गोल गरे । डामाकको लागि मोर्लाय सयलाले एक गोल गरे । खेलको ३४ औँ मिनेटमा मानेले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५२ औँ मिनेटमा कोमानले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए । ५८ औँ मिनेटमा स्य्ल्लाले पेनाल्टीमा गोल गर्दै डामाकलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६३ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै ८१ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ४-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै अल नासरले ३४ खेलबाट ८६ अंक जोड्दै उपाधि जितेको हो । समान कहलबाट २९ अंक जोडेको डामाक १६ औँ स्थानमा रहँदै रेलिगेसनमा परेको छ ।

रोनाल्डोको लागि अल नासरबाट पहिलो लिग उपाधि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *