आर्सनल प्रिमियर लिगको उपाधि नजिक

एजेन्सी । आर्सनल इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा बर्नलीलाई १-० गोलले हराउँदै आर्सनलले प्रिमियर लिगको उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन काइ हाभेर्ट्जले गोल गरे । खेलको ३७ औँ मिनेटमा हाभेर्ट्जले गोल गर्दै आर्सनललाई शुरूवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल विजयी भएको हो ।

जितसँगै आर्सनल ३७ खेलबाट ८२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २१ अंक जोडेको बर्नली १९ औँ स्थानमा रहेको छ ।

अब आज हुने खेलमा म्यानचेस्टर सिटीले बर्नामाउथमाथि जित निकाल्न नसकेको खण्डमा आर्सनलले लिगको उपाधि जित्नेछ । अन्यथा आर्सनलले अन्तिम खेलसम्म कुर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *