फरार रहेका एक अभियुक्त ५६ वर्षपछि प्रहरीबाट पक्राउ

सप्तरी। डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी आज कारागारमा थुनामा पठाएको छ।

सप्तरी जिल्ला अदालतमा पेश गरिएका यादवलाई कैद भुक्तानको लागि राजविराज कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीको महादेवा गाउँपालिका–१ पकरीका श्रीलाल यादवलाई ५६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

डाँका र जालसाज मुद्दामा फरार रहेका यादवलाई सप्तरी जिल्ला अदालतले ५६ वर्षअघि कैद सजायको फैसला गरेको थियो।

स्थानीय सुरैतलाल यादवको जाहेरीले कैद सजाय ठहर भए पनि फरार रहेका यादवलाई प्रहरी चौकी पकरीबाट गएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो।

अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार सूचीमा रहेका अभियुक्तलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियानका क्रममा यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *