‘मितज्यू’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले एक विशेष कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । आगामी जेठ ८ गतेबाट उक्त फिल्म प्रदर्शनमा आउँदैछ ।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई र सौगात मल्लसहित तेरिया फौजा मगर, खड्गबहादुर पुन (खबपु) पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगरलगायतको अभिनय छ ।

तेरियाको यो डेब्यू फिल्म हो । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्तीमगर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *