घमेश दुलालको ‘वनमा खयर’

घमेश दुलालको लोकदोहोरी गीत ‘वनमा खयर’ सार्वजनिक भएको छ । गीतमा दुलालसँगै गायिका प्रविशा अधिकारीको स्वर रहेको छ भने शिव हमालले शब्द रचना गरेका छन् ।

गीतमा संगीतकार तथा गायक प्रभावन जेको संगीत रहेको छ भने गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन् । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा अभिनय बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको रहेको छ । कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् ।

विगतका दिनमा लोकदोहोरी क्षेत्रमा राम्रो सफलता कमाएको भएपनि एक दशक भन्दाबढी समयसम्म गुमनाम भएका दुलाल पुनः लोकदोहोरीको क्षेत्रमा फर्किएका हुन् । दुलालले यसअघि नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठीलगायत दर्जनौं चर्चित गीतका गाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *