काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधिसभामा समानुपातिक सिट खारेजीको प्रस्ताव गरेका छन् । सामाजिक संजालमार्फत बास्कोटाले रास्वपा संविधान संशोधनका पक्षमा भए प्रतिनिधिसभाको समानुपातिक सिट खारेज गरी महिला पुरुष ४० र ६० प्रतिशत प्रत्यक्षको व्यवस्थाको प्रस्ताव गरेका हुन् ।
उनले भनेका छन्, ‘पहिला रास्वपा संघीयता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् । राष्ट्रियसभा १०५ सिट, पुरै समावेसी महिला पुरुष५०%–५०% उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् । प्रतिनिधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष ४०%–६०% प्रत्यक्ष । जिसस पर्दैन।’
