ऋषि कट्टेल ।
वर्तमान सत्ता, जसलाई संसदीय व्यवस्था भनिएको छ । आज राज्य आतंकमार्फत शासन गर्ने धृष्टता गरिरहे छ । सेनाको आडमा गराएको कथित निर्वाचन र प्रचण्ड बहुमत ल्याएर बनेको भनिएको बालेन सरकारको करिव एकमहिने कार्यकालको मूल्यांकन गर्दा यो सरकार तानाशाही, जनविरोधी र देशघाती बाटोतिर दु्रतगतिमा अघि बढ्दैछ । यसले आफ्नो वाचापत्रमै विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने घोषणा गर्यो । संसद आह्वान गर्यो तर बस्दै नबसी स्थगित गर्यो । कानुन बनाउने थलो संसद छलेर अध्यादेशमार्फत शासन चलाउने प्रयत्न गरिरहेछ । केही पहिले बसेको संसदलाई प्रधानमन्त्रीले सम्बोधनसम्म गरेनन् । उनलाई संसदको मतलव छैन । संसदमात्र हैन उनी पार्टीको बैठकमा समेत जाँदैनन् पार्टीको पनि मतलव छैन । यसले के प्रष्ट गर्दछ भने बालेन संसद, दल वा कानुनको आधारमा हैन आफ्नो हुकुमको भरमा शासन चलाउन चाहन्छन् ।
बालेन सरकार वनेपछि जनजीवन अस्तव्यस्त छ । महंगीले आकाश छोएको छ । निजी क्षेत्र आतंकित छ । जेनजीको नाममा उनका प्रतिष्ठानहरु जलाइए । अहिले पनि विना आधार गिरफ्तार गरेर आतंकित पारिएको छ । सुकुम्बासी वस्तीमा डोजर चलाएर निमुखा, गरिव जनताको बिल्लीबाठ पारिएको छ । सुकुम्बासी बस्तीका जनताको रोदन सुन्दा लाग्छ बालेन सरकार तानाशाह मात्र हैन मानताविरोधी पनि हुन् । सेवा क्षेत्रमा रहेकाहरु आतंकित छन् । कुनबेला कसको जागिर जान्छ थाहा छैन । शिक्षाक्षेत्र अस्तव्यस्त छ । दुई दिने विदाको नाममा जनता स्वास्थ्य सेवाबाट समेत बञ्चित भइरहेका छन् । चिकित्सकहरु अपमानित भएको महसुस गरिरहेका छन् । विश्वद्यिालयका उपकुलपतिहरु लज्जावोधका साथ राजीनामा दिइरहेछन् । प्राज्ञिक क्षेत्र हतोत्साही छ । संचाबजगत त्रसित वनेको देखिँदै छ । न्यायालय समेत निर्णय दिन नसक्ने अवस्थामा छ । कथित दुईतिहाई र माहाअभियोगको त्रासले संवैधानिक निकायहरु बेकम्मा बनेका छन् ।
भारत चीनले हाम्रो भूमिबाट व्यापार गर्ने घोषणा गर्छ बालेन सरकार चुँ बोल्दैन । आफ्नो १०० बुँदेमा कहीँ कतै देशको अखण्डताको रक्षा गर्ने कुरा समेत लेख्दैन । एमसीसीलगायत राष्ट्रघाती सन्धी सम्झौताहरु यथावत छन् । यो मौनताले प्रष्ट गर्दछ बालेन देशविरुद्ध नयाँ तानावना बुन्दैछन् । सेनापति खुलेआम एसपीपी पास गर्ने कुरा गरिरहेछन् । मुस्ताङको युरेनियम अमेरिका र अस्ट्रेलियालाई दिनलागेको चर्चा व्यापक छ । टिओबीहरु सरकारमा मात्र छैनन् खुलेआम सरकारनै फ्रि तिब्बत मुभमेन्ट लाई प्रोत्साहन गरिरहेछ । यसरी बालेन सरकार देश विरुद्ध काम गरिरहेछ ।
सरकार यस्तो अनुचित बाटोमा जाँदा समेत संसदीय प्रतिपक्ष दबाबको त कुरै छोडौँ चु सम्म बोल्दैन । नैतिकता गुमाएको प्रतिपक्ष लास समान भएर बसेको छ । अब सडकको प्रतिपक्षको सदनको प्रतिपक्षको मुख ताकेर बस्ने बेला सकियो । आमजनता बालेनको जनतन्त्र, जनवीविका र देश हित विरोधी कुकृत्यलाई परास्त गर्न सडकमा आउन ढिला गर्न हुँदैन । यदि बालेन आफ्ना यस्ता अपराधजन्य गतिविधिबाट पछि हट्दैनन् वा सुध्रदैनन् भने केपी ओलीको हालत हुनसक्छ ।
