अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कलाकर्मीहरूको खबरदारी

काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कलाकर्मीहरूले काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । बुधबार उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका कलाकर्मीले ‘सिनेमा–साहित्य बोल्न देऊ’–’हाम्रो कथा खुल्न देऊ’, ‘हाम्रो कथा लुक्दैन’–’सिनेमा साहित्य रोकिन्न’, जस्ता प्लेकार्ड बोकेका थिए ।

उच्च अदालत पाटानले मंगलबार चलचित्र लालीबजारको प्रदर्शन रोक्न आदेश दिएको थियो । १८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रमा रोक लगाएपछि कलाकर्मी विरोधमा उत्रिएका हुन् ।

चलचित्रका केही शब्दले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *