एक सय वर्षभन्दा बढी समयदेखि बन्द कोठामा रहेपछि पहिलो पटक भिन्सन्ट भ्यान गखको पेरिसको सडकको दृश्यको चित्र प्रदर्शनीमा गएको छ । मोँमार्ट सडकको दृश्यको चित्र सन् १८८७ मा बनाइएको थियो ।
त्यसबेलादेखि नै उक्त चित्र एउटा फ्रान्सेली परिवारको निजी सङ्ग्रहमा रहेको थियो । लिलामी कम्पनी सदबिजले आगामी महिना गरिने लिलाम बढाबढमा ८० लाख युरो पाउने अनुमान लगाएको छ । उक्त चित्रलाई बिक्रीअघि सदबीजका पेरिस, आम्स्टडम र हङ्कङका लिलामीघरहरूमा प्रदर्शनीमा राखिनेछ । यो भ्यान गखका रचनाहरूको श्रृङ्खलामध्येको एक हो ।
उनले सन् १८८६ र १९८७ मा फ्रान्सको राजधानी पेरिसमा आफ्नो दाजुसँग बसेका बेला यो चित्र कोरेका थिए । त्यसबेला मोँमार्ट अर्ध–ग्रामीण अवस्थामा थियो । उक्त चित्रमा त्यहाँको विन्डमिल र त्यसको वरपर स्थानीय मानिसहरू टहलाइरहेको देखाइएको छ ।
सदबिज्का अनुसार उक्त चित्र उसको क्याटलगमा देखाइएको भएपनि हालसम्म कहिल्यै पनि सार्वजनिक प्रदर्शनमा ल्याइएको थिएन । भ्यान गख सन् १८८८ मा पेरिसबाट दक्षिणी फ्रान्समा सरेका थिए । पछि उनले आफैँलाई गोली हाने र पेरिसस नजिकै सन् १८९० मा उनको निधन भयो ।

