एपीएफ चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

झापा । विभागीय टोली नेपाल एपीएफ क्लब झापामा जारी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा पुगेको छ । बिहीबार दिउँसो भएको क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ६-५ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा एपीएफको लागि गीता राना, अनिता बस्नेत, रश्मी कुमारी घिसिङ, सरु लिम्बू, हिरा भुजेल र अन्जना राना मगरले गोल गर्दा अनिता केसी र रेनुका नगरकोटी चुकिन् ।

अब एपीएफले उपाधिको लागि शनिबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *