सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाउँछौँः सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको बताए ।

सभापति थापाले नेपाली कांग्रेस सङ्घीय संसदमा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्रस्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।

उनले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *