दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न कर्णाली मन्त्रिपरिषद्को सिफारिस

कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दैलेख हुँदै कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रुपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

त्यसैगरी, जाजरकोटको ‘वडावन–सानाखोला सडक’लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता शाहले बताए । उनका अनुसार बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *