काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् ।
सहायक विदेशमन्त्री कपुर आज बिहान काठमाडौँ आइपुगेका हुन् । तीन दिने भ्रमणका लागि आएका कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए ।
त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे । मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टको छिटो कार्यान्वयनमा अमेरिकी चासो रहँदै आएको छ । यसबारे उनले नेपाली अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ ।
