काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला आफूहरुको पक्षमा आएपछि नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् ।
सर्वोच्च्ले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै सामाजिक सञ्जालमार्फत उपसभापति शर्माले सबै अग्रजलाई लिएर अघि बढ्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘नवीन उर्जासाथ हामी अघि बढ्नेछौं । श्रद्देय सबै अग्रजलाई सँगै लिएर बढ्नेछौं । सबैको जित/सबैको हित सुनिश्चित गर्नेगरी बढ्नेछौं । बदलिएको काँग्रेस अझ बलियो बनाउँदै नवीन संभावनाको यात्रामा बढ्नेछौं ! जय नेपाल !’
