काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ३५ दिनभित्र ती सम्पत्ति फिर्ता गर्न अल्टिमेटम दिएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार शुक्रबार सार्वजनिक सूचना जारी गर्दै त्रिविले यस्तो अल्टिमेटम दिएको हो ।
‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति–२०८१’ ले तयार पारेको प्रतिवेदनले विश्वविद्यालयका विभिन्न स्थानमा रहेका जग्गा र सम्पत्तिहरू प्रचलित कानुन र विश्वविद्यालयको ऐन–नियम विपरीत कब्जा गरिएको तथ्य फेला पारेपछि यो कदम चालिएको हो ।

