मध्यपूर्वमा शान्तिको आशा बढ्दै, इजरायल–लेबनान युद्धविरामबारे छलफल

रोयटर्स । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने संकेत देखिएसँगै शान्तिको आशा बढेको छ । तेहरानमा पाकिस्तानी मध्यस्थता सक्रिय रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पनि महत्वपूर्ण स्ट्रेन्ट अफ होर्मुज खुल्ने सम्भावनासहित सम्झौताको आशा व्यक्त गरेको छ ।

इजरायलको मन्त्रिपरिषद्ले बुधबार छिमेकी लेबनानसँग सम्भावित युद्धविरामबारे छलफल गरेको एक वरिष्ठ इजरायली अधिकारीले जानकारी दिएका छन्। इरान समर्थित हेजबोल्लाहसँगको युद्ध सुरु भएको छ हप्ता बढी भइसकेको छ ।

लेबनानी अधिकारीहरूलाई उदृत गर्दै फाइनान्सियल टाइमसले छिट्टै युद्धविराम घोषणा हुन सक्ने जनाएको छ। लेबनानमा युद्ध अन्त्य गर्ने विषय अघिल्ला शान्ति वार्तामा मुख्य अवरोधका रूपमा रहेको थियो, साथै तेहरानको आणविक कार्यक्रमसम्बन्धी विषय पनि जटिल बनेको थियो।

‘सम्झौताको सम्भावना सकारात्मक देखिन्छ,’ ह्वाइट हाउसकी प्रेस सचिवले बुधबार पत्रकार सम्मेलनमा बताइन्। पाकिस्तानको मध्यस्थतामा भइरहेको वार्ता ‘उपयोगी र जारी’ रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *