काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्य रातिबाट लागू हुने गरी मूल्यवृद्धि गरेको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३० रूपैयाँले वृद्धि भएको छ ।
यस्तै, हवाई इन्धन आन्तरिकतर्फ पाँच रूपैयाँले वृद्धि भएको निगमले जनाएको छ । पेट्रोलको भाउ भने निगमले यथावत राखेको छ ।

