काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट मंगलबार पक्राउ पुर्जी लिएको हो । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले उनीहरुमाथि अनुसन्धान गर्न विभागलाई निर्देशन दिएको थियो ।
बालेन साह नेतृत्वको सरकार आएपछि देउवा दम्पत्तिसहित प्रचण्ड र केपी ओलीमाथि पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
अहिले देउवा दम्पत्ति विदेशमा छन् । प्रतिनिधिसभा निर्वाचन अघि विदेश गएका उनीहरु स्वदेश फर्किएका छैनन् । केही दिनअघि पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गरेको थियो ।
