प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेट, चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रधानमन्त्रीको चाहना

काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवद्र्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

भेटमा प्रधानमन्त्री साहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

राजदूत माओमिङले प्रधानमन्त्री साहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । यसअघि आजै प्रधानमन्त्रीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *