गायक सिडी विजय अधिकारीको सुमधुर आवाज रहेको ‘म तिम्रो भएँ’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजको हलमा पत्रकार सम्मेलन गरी गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायक सिडी विजयकै शब्द अनि संगीत रहेको छ । मनिषा राइले सिडीलाई गायनमा साथ दिएकी छिन् ।
सिडी र मनिषाको गायकी गीतमा मीठो सुनिएको छ । ईश्वर र आस्थाको केमिस्ट्री पनि भिडियोमा गजब देखिएको छ । फिल्मी शैलीमा निर्माण गरिएको भिडियोलाई बाँके, दाङ अनि प्युठान लगायतका स्थानमा खिचिएको हो । मोडल तथा निर्देशक कृष्णराज अधिकारीले निर्देशनमा तयार भएको भिडियोलाई रामु चौधरीले आकर्षक फ्रेममा खिचेका छन् ।
