चिनियाँ राजदूतले परराष्ट्रमन्त्रीलाई भेटेर दिए विदेशमन्त्री वाङ यीको सन्देश

काठमाडौँ । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा राजदूत माओमिङले चीनका विदेशमन्त्री वाङ यीको तर्फबाट परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेको अवसरमा मन्त्री खनाललाई शुभकामना सन्देश प्रदान गरेका थिए ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि सोमबार परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *