काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारलाई संयम हुन सुझाव दिएा छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउप्रति असहमति जनाउँदै उनले सरकारलाई संयम हुन सुझाव दिएका हुन् ।
उनले कानूनी राज्य र विधिको शासनको उपहास मान्य नहुने भन्दै घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताए ।
उनले भनेका छन्, ‘लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रमक होइन संयम हुनुपर्दछ । प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ । कानूनी राज्य र विधिको शासनको उपहास मान्य छैन । घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु । जनताबाटप्राप्त जनादेशको दुरुपयोग नहोस्, सरकारको ध्यानाकर्षण गर्दछु । हाम्रो पार्टीले कानूनी र राजनीतिकबाटो लिनु पर्दछ । संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गरिने छ ।’
